
मंसिर २१ गते ४५ जिल्लामा प्रदेश सभा र प्रतिनिधिसभा सदस्य चयनका लागि निर्वाचन हुँदैछ । त्यसका लागि आयोगले कात्तिक १६ गते बिहीबार उम्मेदवारी मनोनयन दर्ता गर्दैछ ।
प्रदेश सभा र प्रतिनिधिसभाको पहिलो चरणको मंसिर १० गते हुने निर्वाचनको मनोनयन दर्ता यसअघि नै भइसकेको छ ।
निर्वाचन आयोगले दोस्रो चरणको निर्वाचनका लागि सम्वन्धित क्षेत्रमा रहेको निर्वाचन कार्यालयका कार्यालय भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्म उम्मेदवारी दर्ता गर्न सकिने जनाएको छ ।
उम्मेदवारी मनोनयन गर्ने दिन नजिकिएसँगै अधिकांश राजनीतिक दलहरुले धेरै क्षेत्रका उम्मेदवार घोषणा गरिसकेका छन् ।
कतिपय बाँकी क्षेत्रका उम्मेदवार चयन गर्न दलहरु आज पनि आन्तरिक छलफल र बैठकमा व्यस्त छन् ।
प्रतिक्रिया दिनुहोस्