
स्थानीय तह निर्वाचनमा चार लाख २१ हजार १५९ मतदाता रहेकामा यसपटक ५३ हजार ६७२ बढी मतदाताले मतदानमा भाग लिने जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा छनोट हुने सदस्यका लागि यस जिल्लाबाट दुई लाख ४७ हजार ८३६ महिला र दुई लाख २६ हजार ९९५ पुरुषले मतदानमा भाग लिने भएका छन् ।
चारओटा क्षेत्रबाट चार प्रतिनिधिसभा सदस्य र ८ प्रदेशसभा सदस्यका लागि हुने यस जिल्लाको निर्वाचनका लागि १६६ मतदान केन्दमा ५२७ ओटा मतदानस्थल तोकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख भक्तबहादुर भट्टराईले जानकारी दिए । रासस
प्रतिक्रिया दिनुहोस्