
आयोगको केन्द्रीय कार्यालय कान्तिपथमा बुधबार पत्रकार सम्मेलन गरेर आयोगले मनोनयनको तयारी पूरा भएको भन्दै शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता गर्न आग्रहसमेत गरेको छ ।
बिहीबार ४५ जिल्लामा प्रतिनिधिसभा सदस्यतर्फ १२८ निर्वाचन क्षेत्र र प्रदेशसभातर्फ २५६ ओटा निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता हुँदैछ ।
पत्रकार सम्मेलनमा प्रमुख निर्वाचन आयुक्त डा. अयोधीप्रसाद यादवले बिहीबार बिहान १० बजेदेखि अपराह्न ५ बजेसम्म आ–आफ्नो निर्वाचन क्षेत्रको मुख्य निर्वाचन अधिकृत वा निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारी दर्ताका लागि आह्वान गरे ।
निर्वाचन आयोगले उच्च सुरक्षा व्यवस्था मिलाउन पनि सुरक्षा निकायहरुलाई निर्देशन दिएको छ ।
आयोगले गत भदौ १४ गतेदेखि लागू भएको निर्वाचन आचारसंहिताको पूर्णपालना गर्न पनि सबै पक्षलाई आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्