Logo १२ श्रावण २०८३, मंगलबार | Tue Jul 28 2026


इलाममा प्रदेश सभातर्फ कांग्रेसबाट युवा अनुहार चुनावी मैदानमा


0
Shares

कांग्रेसले बुधबार प्रतिनिधी सभा र प्रदेश सभाका उम्मेदवारको नाम टुंगो लगाएसँगै चुनावी सरगर्मी बढेको छ । कांग्रेसको केन्द्रिय समितिमा लामो छलफल पछि इलाममा उम्मेद्वार छनोट गरेको हो ।

प्रतिनिधी सभाका लागि एमालेका झलनाथ खनाल र कांग्रेसका भुपेद्र कट्टेलले प्रतिस्पर्धा गर्नेछन् ।

साथै प्रदेशसभा ‘क’ मा देवेन्द्र राई ‘ख’ मा दुर्गा बराल नाम टुंगो लागेको छ । राई संघीय समाजवादी फोरमका केन्द्रीय सदस्य हुन भने बराल कांग्रेसका क्षेत्रीय सभापति हुन् ।

उता एमालेका तर्फबाट प्रतिनिधी सभातर्फ क्षेत्र नम्बर २ बाट सुभाषचन्द्र नेम्बाङ र कांग्रेसबाट केशव थापा उम्मेदवार भइसकेका छन् । सोही क्षेत्रमा प्रदेशसभाका लागि कांग्रेसले उम्मेदवारको नाम टुग्याएको छ ।

प्रदेश सभाका लागि ‘क’ मा डम्बर खड्का र ‘ख’ मा खगेन्द्र देवानलाई अघि सारेको छ ।

नेपाल तरुण दलका पूर्व केन्द्रीय उपाध्यक्ष तथा कांग्रेसका पूर्व कोषाध्यक्ष समेत रहेका खड्का पहिलो पटक चुनावी मैदानमा छन् ।

त्यस्तै तरुण दलका जिल्ला अध्यक्ष भइसकेका देवान हाल कांग्रेसका जिल्ला सचिब छन् ।