९ असार २०८२, सोमबार | Mon Jun 23 2025


यी नेता जसले लगातार पाँच पटक चुनाव जितेका छन्, छैठौं निर्वाचनमा पनि भिड्दै


0
Shares

विसं २०४८, २०५१, २०५६, २०६४, २०७० का आम निर्वाचनमा उनीहरूले आ–आफ्नै जिल्लाबाट जनताको मन जितेका थिए ।

ती निर्वाचनमा हाल नेकाका नेता विजयकुमार गच्छदार पनि विजयी हुँदै आएका छन् । संविधानसभाका निर्वाचन विसं २०६४ र विस २०७० का निर्वाचनमा उनले मधेशी जनअधिकार फोरम (लोकतान्त्रिक)को अध्यक्षका रूपमा सुनसरीबाट ती निर्वाचनमा विजयी भएका थिए ।

प्रत्यक्षमा निर्वाचनमा पहिलो पटक उम्मेदवार

कांग्रेस नेत्री डा आरजुराणा देउवा प्रतिनिधिसभाको निर्वाचनमा पहिलोपटक कैलाली क्षेत्र नं ५ बाट उम्मेदवार चयन भएकी छन् । दोस्रो संविधानसभामा उनी समानुपातिक तर्फबाट संविधानसभा सदस्य थिइन् ।

यसैगरी नेका संसदीय दलका उपसचेतक ईश्वरीदेवी न्यौपाने पनि पहिलोपटक प्रत्यक्ष निर्वाचनमा कैलाली क्षेत्र नं १ मा टिकट प्राप्त गरेकी छन् । यसअघि उनी समानुपातिक सदस्य थिइन् ।

यसैगरी कैलाली क्षेत्र नं २ बाट नेकाका तर्फबाट मोहनसिंह राठौरले टिकट प्राप्त गरेका छन् । यसअघिको निर्वाचनमा उनी नेकपा एमालेका तर्फबाट सोही जिल्लाबाट सांसद पदमा निर्वाचित भएका थिए ।

लामो सयमदेखि कांग्रेसको केन्द्रीय सदस्य रहेका सुनिलकुमार भण्डारीले पनि कैलाली क्षेत्र नं ४ बाट प्रतिनिधिसभाको निर्वाचनमा टिकट प्राप्त गरेका छन् । उनले नेपाल परिवार नियोजन संघको अध्यक्ष हुँदा वहुचर्चित गर्भपतनसम्बन्धी ऐन ल्याउन अहम् भूमिका निर्वाह गरेका थिए ।

यसैगरी कांग्रेसले प्यूठानमा प्राडा गोविन्दराज पोखरेललाई टिकट दिएको छ । पुनः निर्माण प्राधिकरणको कार्यकारी प्रमुखबाट राजीनामा दिई उनी चुनावी प्रतिस्पर्धामा उत्रिएका हुन् ।

उपत्यकामा अधिकांश पुरानै

कांग्रेसले काठमाडौं उपत्यकाभित्र संविधानसभाको दोस्रो निर्वाचनमा विजयी भएकालाई नै पार्टीका तर्फबाट उम्मेदवार बनाएको छ । काठमाडौंमा कांग्रेसका पूर्वमहामन्त्री प्रकाशमान सिंहलाई क्षेत्र १ बाट चुनावी प्रतिस्पर्धामा उतारेको छ ।

यसैगरी नेताहरू गगनकुमार थापा, भीमसेनदास प्रधान, नवीन्द्रराज जोशी, ध्यानगोविन्द रञ्जित, दीपक कुइँकेल र राजनकुमार केसीले टिकट प्राप्त गरेका छन् । उनीहरू यसअघिको निर्वाचनमा पनि विजयी भएका थिए ।

नयाँ अनुहारमा काठमाडौँ क्षेत्र नं ५ मा डा प्रकाशशरण महत र क्षेत्र नं ३ मा अम्बिका बस्नेतले टिकट प्राप्त गरेका छन् ।

यसैगरी ललितपुरमा चन्द्र महर्जन र मदनबहादुर अमात्यले प्रत्यक्ष तर्फबाट टिकट प्राप्त गरेका छन् । विसं २०७० को संविधानसभा निर्वाचनमा उनीहरू सोही जिल्लाबाट विजयी भएका थिए ।

यस्तै भक्तपुरमा बाबुराजा जोशी र दमननाथ ढुङ्गानाले टिकट प्राप्त गरेका छन् । (रासस)