Logo १० कार्तिक २०८३, मंगलबार | Tue Oct 27 2026


डोटीमा ८ दलका २० जनाको उम्मेदवारी दर्ता (नामावली)


0
Shares

प्रतिनिधिसभातर्फ एउटामात्रै निर्वाचन क्षेत्रमा ७ जना र प्रदेशसभाका दुईओटा निर्वाचन क्षेत्रमध्ये निर्वाचन क्षेत्र ‘क’मा ७ र ‘ख’मा ६ जनाको मनोनयन परेको छ ।

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट भौतिक पूर्वाधार तथा यातायातमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य वीरबहादुर बलायरले मनोनयन दर्ता गराएका छन् ।

यस्तै, नेकपा एमाले र माओवादी केन्द्रको गठबन्धनबाट एमालेका वैकल्पिक केन्द्रीय सदस्य तथा निवर्तमान सांसद प्रेमबहादुर आलेमगर, राष्ट्रिय जनमोर्चाका जिल्ला अध्यक्ष बेणीमाधव जोशी, नयाँ शक्ति पार्टी नेपालका चन्द्रदेव ओझा, संघीय समाजवादी फोरम नेपालका श्रीचन्द्र श्रेष्ठ, विवेकशील साझा पार्टीका पुष्कर कुँवर र नेपाल राष्ट्रिय दलित पार्टीबाट उमेश टेलरले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, प्रदेशसभाको निर्वाचन क्षेत्र ‘क’बाट कांग्रेसबाट निवर्तमान सांसद भरतबहादुर खड्का, वाम गठबन्धनबाट एमालेका जिल्ला अध्यक्ष चक्र मल्ल, राष्ट्रिय जनमोर्चाबाट नरेश आले, राप्रपा (राष्ट्रवादी)बाट बहादुरसिंह खड्का, विवेकशील साझा पार्टीका गणेशप्रसाद उपाध्याय, नयाँ शक्ति पार्टी नेपालबाट कैलाशसिंह साउद र नेपाल राष्ट्रिय दलित पार्टीका कल्पना बागचन्दको उम्मेदवारी परेको छ ।

प्रदेशसभाको निर्वाचन क्षेत्र ‘ख’बाट नेपाली कांग्रेसका योगेन्द्रबहादुर शाही, वाम गठबन्धबाट माओवादी केन्द्रका जिल्ला इन्चार्ज त्रिलोचन भट्ट, राष्ट्रिय जनमोर्चाका केशवनाथ योगी, राप्रपाका राजप्रसाद जोशी र विवेकशील साझा पार्टीका रोशन पन्तको मनोनयन परेको छ ।

Skip This