९ असार २०८२, सोमबार | Mon Jun 23 2025


खोटाङमा एक लाखभन्दा बढी संख्यामा पुराना मतपत्र जलाइए


0
Shares

गत असार १४ गते सम्पन्न स्थानीय तहको निर्वाचनका क्रममा उपयोग गरिएका १ लाख २५ हजार मतपत्र, मुचुल्का लगायतका सामग्री नष्ट गरिएको हो । दिक्तेलस्थित पुर्वाञ्चल सिँचाई सव–डिभिजन कार्यालयको स्टोरमा राखिएको मतपत्र बिहीबार नष्ट गरिएको हो ।

मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म उजुरी नपरे नष्ट गर्न सकिने मतपत्र लगायतका सामग्री आसन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचन तयारीका लागि जलाइएको जिल्ला निर्वाचन अधिकारी दिनेश खत्रीले बताए । ६४ प्रकारका निर्वाचन सामग्रीमध्ये काम नलाग्ने २०÷३० प्रकारका सामग्री नष्ट गरिएको उनको भनाइ छ ।

मत परिणाम सार्वजनिक भएको तीन महिनासम्म कसैको उजुरी नपरे मतपत्र जलाउन सकिने प्रावधान छ । आसन्न निर्वाचनका लागि प्रयोग हुने सामग्री राख्ने ठाउँ खाली गर्नका लागि पनि प्रयोग भइसकेका सामग्री जलाइएको निर्वाचन अधिकारी खत्रीले बताए ।