
मधेशवादी दलहरुले आफ्नो प्रभाव जिल्लाको रुपमा रौतहटलाई लिए पनि उनीहरुको आधिकारिक उम्मेदवारकाविरुद्ध बागी उम्मेदवारी परेको छ ।
रौतहटको चारवटै क्षेत्रबाट आफ्नो उम्मेदवारी दर्ता गराउन उल्लेख्य संख्यामा मतदाता लिएर उम्मेदवारहरु निर्वाचन अधिकृतको कार्यालयमा पुगेका थिए । संघीय समाजवादी फोरम नेपाल र राजपा नेपालको गठबन्धनका उम्मेदबार राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य अनिल झाको विरुद्धमा बबन सिंहले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
यसैगरी ४ नम्बर क्षेत्रको प्रदेश ‘ख’ मा आधिकारिक उम्मेदवार पुर्व प्रहरी महानिरीक्षक प्रदिप शमशेर जबराको बिरुद्धमा राजपा नेपालकै शेष फुलबाबु भनिने अब्दुल कलामले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
चार निर्वाचन क्षेत्रमध्ये दुुई–दुई क्षेत्रको बाडफाँट गरेको बाम गठबन्धनमा समेत पार्टीकै नेताबाट स्वतन्त्र उम्मेदवारी दर्ता भएको छ । ४ नम्बर क्षेत्रका प्रदेश ‘क’ मा माओवादी केन्द्रका उम्मेदबार देवेन्द्र पटेलका बिरुद्ध राजु धामीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् ।
प्रतिक्रिया दिनुहोस्