
शुक्रबार भक्तपुरमा रासससँग कुराकानी गर्दै उनले नेपाल मजदुर किसान पार्टीले अबको राजनीति युवापुस्तालाई हस्तान्तरण गरेको बताए ।
आसन्न प्रतिनिधि र प्रदेशसभा निर्वाचनमा बिजुक्छेले उम्मेदवारी नदिएको विषयमा चौतर्फी चर्चा भएपछि उनले भने–‘मैले उम्मेदवारी नदिँदैमा अचम्म मान्नुपर्ने अवस्था छैन, मैले राजनीतिबाट सन्यास लिएको होइन, तर अब म जीवनभर चुनाव लड्दिनँ, नेमकिपाको अबको राजनीति युवापुस्ताले हाँक्छन् ।’
उमेरका कारणले पनि आफूले उम्मेदवारी नदिएको प्रस्ट्याउँदै बिजुक्छेले भने–‘म ७६ वर्षको भएँ, उमेरका कारणले कतिपय कुरा बिर्सन थालें, संसदमा रहँदा दिमागमा धेरै बोझ रहन्छ, त्यसैले मैले उम्मेदवारी नदिने निर्णय गरेको हुँ, अब म पार्टीलाई अगाडि बढाउन सक्रिय रहनेछु ।’
नेमकिपाले सक्षम युवापुस्ता तयार पारेको बताउँदै अबको राजनीति युवापुस्ताले सम्हाल्ने बताए ।
बिजुक्छेले उम्मेदवारी नदिँदा भोट घट्छ कि भन्ने चर्चा चलेको छ नि ? भन्ने प्रश्नको जवाफमा उनले असहमति व्यक्त गरे ।
आफू नउठ्दैमा भोट घट्दैन भन्दै उहाँले भने–‘व्यक्तिलाई भोट दिने निकै कम हुन्छन्, नेमकिपालाई संगठनको भोट आउँछ, त्यसैले मैले उम्मेदवारी नदिँदा पनि नेमकिपाको भोट घट्दैन ।’
नेमकिपा जातिगत पार्टी नभएको बताउँदै उनले विगतमा भैरव रिसाललाई नेमकिपाले उम्मेदवार बनाउँदा पनि भोट नघटेको दाबी गरे ।





प्रतिक्रिया दिनुहोस्