एमाले टोखा–२ र ३ ले शुक्रबार आयोजना गरेको कार्यकर्ता भेलामा उनले दुई पार्टी एक गर्न नै वाम गठबन्धन गरिएको जानकारी दिए ।
काठमाडौं क्षेत्र नम्बर–५ बाट एमालेतर्फबाट प्रतिनिधिसभाका लागि उम्मेदवारसमेत रहेका पोखरेलले उम्मेदवारी दर्ताकाक्रममा देखिएको उत्साहले वाम गठबन्धनले दुई तिहाइ ल्याउने जिकिरसमेत गरे ।
‘हामी प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा दुई तिहाइ ल्याएर सरकार बनाउँछौं’–उनले भने–‘अनि त्यो स्थिर सरकार भएपछि देशको कायापलट गर्छौं ।’
उनले टिकट वितरणमा केही असन्तुष्टि देखिएपनि मिलाएर लैजाने बताए ।
‘वाम गठबन्धन गर्दा सबैको चित्त बुझाउन सकिएन’–उनले थपे–‘देश बनाउनका लागि गठबन्धन गरेको हुनाले सानातिना कुरामा चित्त दुखाउन हुँदैन ।’
कार्यक्रममा सोही निर्वाचन क्षेत्रका प्रदेशसभा ‘ख’का उम्मेदवार दीपक निरौलाले वाम गठबन्धनले देशव्यापीरुपमा सजिलै जित्ने जिकिर गरे । रासस





प्रतिक्रिया दिनुहोस्