भरतपुरको निर्माणाधीन एक्स्पो सेन्टरमा आयोजित प्रदर्शनीको उपराष्ट्रपति नन्दकिशोर पुनले उद्घाटन गरे ।
आइतबारसम्म सन्चालन हुने प्रर्दशनीमा विभिन्न देशका पोल्ट्री तथा लाइभस्टकका १७० स्टल रहेका छन् ।
प्रदर्शनीमा नवीनतम् प्रविधि प्रदर्शन गर्नुका साथै पोल्ट्री तथा लाइभस्टकसँग सम्बन्धित सेमिनार पनि आयोजना गरिएको छ ।
प्रदर्शनीमा नेपाल, भारत, जर्मनीलगायतका १३ देशका पोल्ट्री तथा लाइभस्टक कम्पनीहरुको उपस्थिति रहेको छ ।
यो कुखुरापालन तथा पशुपन्छीको क्षेत्रमा हालसम्मकै सबैभन्दा ठूलो महोत्सव रहेको आयोजक नेपाल पोल्ट्री महासंघका अध्यक्ष गुणचन्द्र बिष्टले बताए ।
प्रदर्शनीमा २५ देखि ३० हजार व्यवसायी एवंं सर्वसाधारण अवलोकनका लागि आउने अनुमान गरिएको छ ।
प्रदर्शनीका लागि करिब ५०० विदेशी पनि चितवनमा रहेको जनाइएको छ ।









प्रतिक्रिया दिनुहोस्