स्थानीय र विभिन्न धार्मिक संघ–संस्थाको पहलमा उक्त स्थानमा धार्मिक पर्यटनस्थल निर्माण गरिन लागिएको हो ।
ढुंगेसाँघुमा मुक्तिनाथजस्तै १०८ ओटा धारा एवं दुईओटा पोखरीसमेत हुबहु निर्माण गरिने जनाइएको छ ।
यसै अवसरमा शनिबार पशुपतिनाथ कल्याणकारी कोषले कलशयात्रा आयोजना गर्यो ।
गोदावरी जलकुन्डबाट निकालिएको कलशयात्रा नगरको विभिन्न ठाउँका परिक्रमापछि ढुंगेसाँघु पुगेर सकिएको थियो ।
कलशयात्रामा झन्डै ३ हजार भक्तजन सहभागी थिए ।









प्रतिक्रिया दिनुहोस्