Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


८ वर्षमै ४ लाखबाट ४० करोड कारोबार गर्न सफल सहकारी


0
Shares

चारलाख रुपैयाँबाट सुरु भएको सहकारीले शनिबार आयोजित नवौं वार्षिक साधारणसभामा वार्षिक ४० करोड रुपैयाँको कारोबार गर्ने संस्था बनाउन सफल भएकोमा खुशियाली बाँडेका छन् ।

साधारणसभाको अवसरमा संस्थाले आफ्ना दुई हजार ३०० सेयरधनीहरुलाई १५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । साथै, संस्थाले अन्य संस्थासँग सहकार्य गर्दै राम्रा संस्थासँग मर्ज हुन मर्जर प्रस्तावसमेत पारित गरेको छ ।

साधारणसभामा संस्थाकी अध्यक्ष प्रतिमा गिरी अधिकारीले आपसी सहकार्य, संस्थागत सुशासन र कर्मचारीहरुको इमानदारिताले नै संस्थालाई सफल बनाउन सकेको बताइन् । उनले सहकारीलाई विश्वासिलो बनाउन आधुनिक सफ्टवेयरको प्रयोग गरी आफ्ना सदस्यहरुलाई इन्टरनेट , मोबाइल बैंकिङ र एटीएम सेवा दिन लागेको बताइन् ।

संस्थाको नवौं वार्षिक साधारणसभाले इन्जिनियर पवन खत्रीको अध्यक्षतामा सात सदस्यसीय नयाँ सन्चालक समिति चयन गरेको छ ।

साधारणसभामा इमेज च्यानलका महाप्रबन्धक रघुवरभक्त मानन्धर, वरिष्ठ सहकारी अधिकृत आनन्द सारु, एमनेष्टी नेपालका अध्यक्ष राजन कुइकेललगायतले संस्थाको प्रगतिको कामना गरेका थिए ।