Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


सातामा सुनको मूल्यमा ३०० ले कमी


0
Shares

आइतबार तोलाको ५५ हजार ७०० रुपैयाँमा कारोबार भएको सुनको मूल्य शुक्रबारसम्म आइपुग्दा तोलामा ३०० रुपैयाँले घटेर तोलाको ५५ हजार ४०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

सोमबार सुनको मूल्यमा तोलामा २०० ले कमी आएको थियो । मंगलबार मूल्य स्थीर रहे पनि बुधबार पुनः मूल्यमा गिरावट आएको थियो ।

यो साता चाँदीको मूल्यमा भने तोलामा ५ रुपैयाँले वृद्धि आयो । आइतबार तोलाको ७६० रुपैयाँमा कारोबार भएको चाँदी शुक्रबारसम्म आइपुग्दा तोलामा ५ रुपैयाँले बढेर तोलाको ७६५ रुपैयाँमा कारोबार भएको महासंघले जनाएको छ ।