Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


‘चाइना–साउथ एसिया मेलामा सर्वसाधारणको उत्साहजनक सहभागिता’


0
Shares

विगतमा चीनले कुनमिङमा आयोजना गर्दै आएको यस्तो मेला चीनबाहिर पहिलोपटक नेपालमा आयोजना गरिएको हो ।

क्षेत्रीय व्यापारको प्रवद्र्धन तथा विकास गर्ने उद्देश्यले मेला आयोजना गरिएको जनाइएको छ ।

मेलामा नेपालसहित चीन, भारत, पाकिस्तान, बंगलादेश, भुटान र श्रीलङकाले सहभागिता जनाएका छन् । मेलामा यी सबै राष्ट्रका स्थानीय उत्पादन राखिएका छन् ।

मेलामा आभूषण, रत्न, छालाजन्य उत्पादन, कपडा, चियापति, कफि, हस्तकलालगायतका सामाग्री राखिएका छन् ।

यस्तै, ऊर्जा, लगानी, खनिजपदार्थको विकास, विद्युतीय एवं सन्चार उपकरण, पर्यटन प्रवद्र्धनसम्बन्धी सामग्री र सेवा पनि राखिएका छन् ।

मेलाले यस क्षेत्रका राष्ट्रबीच आर्थिक सम्बन्ध थप प्रगाढ बनाउन सहयोग पुर्‍याएको मेलाका इभेन्ट कोअडिनेटर गणेश थापाले बताए ।

मेलाले चीनसहित दक्षिण एसियाली राष्ट्रको आर्थिक सम्बन्ध बलियो बनाउ सहयोग पुर्‍याउने व्यवसायीहरुको भनाइ छ ।

सर्वसाधारणले मेलामा सुलभ मूल्यमा वस्तु खरिद गर्न पाएको बताएका छन् । आयुर्वेदजन्य वस्तु एवं चियापतिमा सर्वसाधारण बढी आकर्षित भएका छन् ।

एक्स्पोमा चीनका ५० ओटा र नेपालका १५ ओटा स्टलसहित १४० स्टल रहेका छन् ।

चीनका स्टलहरुमा भने यूनान, सिचुवान र तिब्बतका बढी उत्पादन रहेको आयोजक फ्यांग सू टिंगले जानकारी दिए ।

मेला आइतबार सकिनेछ ।