Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


एशियन लाईफ इन्स्योरेन्स कम्पनीका दुई उपशाखा स्नरोन्नति गर्दै शाखा कार्यालय स्थापना


0
Shares

त्यसैगरी दाङ्ग जिल्लाको घोराहीमा अवस्थित उपशाखालाई स्तरोन्नति गरी कम्पनीको २५औं शाखाको रुपमा ‘घोराही शाखा कार्यालय’ संचालनमा ल्याएको छ ।

स्तरोन्नति गरिएका दुवै शाखा कार्यालयको उदघाटन कम्पनीका प्रमुख कार्यकारी अधिकृत राजेशकुमार श्रेष्ठले गरेका थिए ।

एशियन लाइफ इन्स्योरेन्स कम्पनीले २५ वटा शाखा र ७० वटा उपशाखा गरी जम्मा ९५ वटा शाखा तथा उपशाखामार्फत सेवाग्राहीहरुलाई बीमा सेवा प्रदान गर्दै आएको छ । निकट भविष्यमा प्रभावकारी ग्राहक सेवाको लागि सम्भाव्यताको आधारमा थप शाखा तथा उपशाखा कार्यालय खोल्दै लैजाने लक्ष्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीले विभिन्न वर्गलाई लक्षित गरी एशियन सावधिक, अग्रिम भुक्तानी सावधिक, बाल भविष्य, बाल उमंग, सुखी जीवन, एशियन पेन्सन, जीवन रत्न, दम्पनी सुरक्षा, धन समृद्धि, सामुहिक सावधिक जीवन बीमा योजना लगायत १५ वटा बीमा योजना प्रचलनमा ल्याएको छ । साथै ग्राहकवर्गको चाहनालाई ध्यानमा राख्दै भविष्यमा अन्य योजनाहरु समेत ल्याउने योजना रहेको कम्पपनीले जनाएको छ ।

कम्पनीको २०७४ आषाढ मसान्तसम्म जीवन बीमाकोष रु. १० अर्ब ९ करोड, लगानी रु. ९५४ करोड तथा चुक्ता पूँजी रु. ८० करोड ५५ लाख रहेको छ । निकट भविष्यमा नै कम्पनीले चुक्तापुँजीको ५० प्रतिशत हकप्रद शेयर जारी गर्ने प्रकृयामा छ । उक्त शेयर जारी पश्चात कम्पनीको चुक्ता पूँजी रु. १ अर्ब २० करोड पुग्ने जनाइएको छ ।