
पर्वतमा वाम गठबन्धन र लोकतान्त्रिक गठबन्धनबीच मूख्य प्रतिस्पर्धा हुने देखिन्छ । दुवै गठबन्धनले एक महिने कार्यतालिका नै प्रकाशित गरी गाउँ अभियान चलाएका हुन् ।
बाम गठवन्धनले जिल्लाभरी पाँचवटा आमसभा र अन्य समयमा घरदैलो तथा कोणसभा र भेलालाई प्राथमिकतामा राखेको छ ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनले पनि भेला, कोणसभा र घरदैलोलाई जोड दिएको कांग्रेसका जिल्ला सचिव विश्वप्रकाश प्रसाईले जानकारी दिए ।
पर्वतमा अन्य साना दलका उम्मेदवार पनि प्रचारप्रसारमा जाने तयारीमा जुटेका छन् । सात वटा गाउँपालिकाका रहेको पर्वतबाट एक जना प्रतिनिधिसभा सदस्य र दुई जना प्रदेशसभा सदस्य निर्वाचित हुने छन् ।
प्रतिक्रिया दिनुहोस्