
यो निर्वाचनमा १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता सहभागी हुँदै छन् ।
प्रतिनिधिसभामा प्रत्यक्षतर्फबाट प्रतिनिधित्व हुने १ सय ६५ र प्रदेशसभामा ३ सय ३० गरी जम्मा ४ सय ९५ निर्वाचित पदका लागि ५ हजार २ सय ५ जना उम्मेदवार प्रतिस्पर्धामा उत्रिएका छन् ।
समानुपातिकतर्फ भने प्रतिनिधिसभाका लागि १ सय १० र प्रदेशसभा तर्फको २ सय २० गरी जम्मा ३ सय ३० पदका लागि ६ हजार ९४ जना उम्मेदवारको नाम सूचीकृत छ ।
निर्वाचन आयोगले टुंग्याएको अन्तिम मतदाता नामावली अनुसार यो निर्वाचनमा देशभरबाट १ करोड ५४ लाख २७ हजार ९ सय ३५ मतदाता निर्वाचनमा सहभागि बन्ने छन् ।
प्रदेश नम्बर १ मा २९ लाख ९३ हजार ७ सय ७४, प्रदेश २ मा २७ लाख ६७ हजार ३ सय ७५ र प्रदेश ३ मा ३० लाख ७४ हजार ३ सय ८४ जना मतदाताले निर्वाचनमा भाग लिनेछन् ।
त्यस्तै प्रदेश ४ मा १५ लाख ६८ हजार ९ सय २४, प्रदेश ५ मा २७ लाख ४० हजार ८ सय ६४, प्रदेश ६ मा ८ लाख ४६ हजार ९ सय ४१ र प्रदेश ७ मा १४ लाख ३५ हजार ६ सय ७३ मतदताले निर्वाचनमा भाग लिनेछन् ।
७७ जिल्लामा दुई चरणमा हुने यो निर्वाचनमा सबैभन्दा कम मतदाता मनाङमा छन् भने सबैभन्दा बढी मोरङमा छन् । प्रदेशका हिसावले सबैभन्दा बढी मतदाता प्रदेश नम्बर ३ मा छन् भने सबैभन्दा कम प्रदेश नम्बर ६ मा छन् ।
पहिलो चरणमा मंसिर १० मा हुने ३२ जिल्लाका ३७ प्रतिनिधिसभा र ७४ प्रदेशसभा सदस्य निर्वाचनमा ३१ लाख ३१ हजार ८ सय ४५ मतदाता सहभागि बन्नेछन् ।
यो चरणमा प्रदेश र प्रतिनिधिसभा तर्फ गरी ७ सय २ उम्मेदवारले प्रतिस्पर्धा गर्दैछन् । यो निर्वाचनका लागि २ हजार ९ सय १९ मतदान स्थल र ४ हजार ६५ मतदान केन्द्र तोकिएको छ ।
दोस्रो चरणको मंसिर २१ मा हुने ४५ जिल्लाका १ सय २८ प्रतिनिधिसभा र प्रदेश सभाका २ सय ५६ क्षेत्रमा १ करोड २२ लाख ३५ हजार ९ सय ९० मतदाताले भाग लिनेछन् ।
जसका लागि ७ हजार ७ सय ५२ मतदान स्थल र १५ हजार ३ सय ४४ मतदान केन्द्र तोकिएको छ । यो निर्वाचनका लागि प्रदेशसभा र प्रतिनिधि सभा दुवै तर्फ गरी ४ हजार ५ सय ३ उम्मेदवार चुनावी मैदानमा उत्रिएका छन् ।
यो निर्वाचनका लागि झन्डै ५ लाख जनशक्ति परिचालन हुनेछ भने साँढे १० अर्ब रुपैयाँको हाराहारीमा खर्च हुने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्