Logo १९ चैत्र २०८२, बिहिबार | Thu Apr 2 2026


धनगढी प्रिमियर लिगका लागि खेलाडी दर्ता प्रक्रिया सकिँदै


0
Shares

काठमाडौं, पुस १७ । धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको तेस्रो संस्करणका लागि खेलाडी दर्ता प्रक्रिया मंगलबार (आज) सकिँदैछ ।

गत पुस ४ गतेदेखि जारी खेलाडी दर्ता मंगलबार सकिने आयोजक धनगढी क्रिकेट एकेडेमीले जनाएको छ ।

योपटक खेलाडीले आफ्नो न्यूनतम् मूल्य राखेर दर्ता प्रक्रियामा आफूलाई सहभागी गराउन पाउने प्रावधान राखिएको छ ।

तेस्रो संस्करणको डीपीएलका लागि खेलाडीहरुको लिलामी यही पुस २२ गते हुनेछ ।

प्रतियोगिताको मिति एक हप्ता पर धकेलिँदा खेलाडी ‘अक्सन’को मिति पनि पर सारिएको हो ।

डीपीएल क्रिकेट यही माघ २६ देखि फागुन ११ गतेसम्म धनगढीको फाप्ला क्रिकेट मैदानमा सन्चालन हुँदैछ ।

योपटक पनि ६ ओटा फ्रेन्चाइज टोलीहरुले प्रतियोगितामा भाग लिँदैछन् ।