
जिल्लाका कुल २९५ मतदानस्थलमध्ये २०७ अतिसंवेदनशील र ८८ ओटालाई संवेदनशीलको सूचीमा राखिएको छ ।
जिल्लामा एउटा पनि मतदानस्थल सुरक्षाका दृष्टिकोणले सामान्य नरहेको सुरक्षा समितिको विश्लेषण छ ।
भारतीय सीमासँग जोडिएका मतदानस्थलहरुमा हुनसक्ने आपराधिक गतिविधि र उच्छृखंलकार्यलाई ध्यानमा राखी मतदानस्थललाई वर्गीकरण गरिएको सप्तरीका प्रमुख जिल्ला अधिकारी भागिरथ पाण्डेयले जानकारी दिए ।
सप्तरीमा आसन्न निर्वाचनका लागि २९५ मतदानस्थलमा ४७८ ओटा मतदान केन्द्र कायम गरिएको छ । जिल्लामा ३ लाख ४६ हजार २१४ जना मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस्