
सोमबार सर्वदलीय बैठक गरी दल तथा उम्मेदवारहरुको ध्यानाकर्षण गराइएको हो ।
राजनीतिक दलहरुले अत्यधिक गाडीको प्रयोग गर्ने, ठूल्ठूला पोस्टर–पप्लेट टाँस्ने, विकास निर्माणको काम सुरु गर्ने र बालबालिकाको प्रयोग गरेको जनगुनासो आएपछि आचारसंहिताको पूर्णपालना गर्न पहिलोपटक ध्यानाकर्षण गराएको प्रमुख जिल्ला अधिकारी हिरादेवी पौडेलले जानकारी दिइन् ।
बैठकमा सहभागी जिल्लाका राजनीतिक दलहरु तथा उम्मेदवारहरुले आचारसंहिताको पूर्णपालना गर्ने प्रतिबद्धता जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस्