उतार–चढावबीच बजार परिसूचक नेप्से ३ अंकले झरेर १४ सय ९३ विन्दुमा आएर थामियो ।
सुरुआती समयमा सुधारिएर १५ सयमाथि पुगिसकेको नेप्से अपराह्नपछि ओरालो लाग्दै ऋणात्मक बन्न पुगेको हो ।
यसदिन आधा समूह रातो रहे भने आधा हरियो रहे । बिमा, विकास बैंक, लुघुवित्त, व्यापार र वाणिज्य बैंक समूह ओरालो लागे । बिमा समूहमा सबैभन्दा उच्च ५१ अंकको गिरावट आयो । विकास बैंक र लघुवित्त समूह पनि दोहोरो अंकले ऋणात्मक रहे ।
वित्त, उत्पादनमूलक, होटल, जलविद्युत् र अन्य समूह भने सामान्य अंकले सुधारिए ।
यसदिन नेपाल स्टक एक्सचेन्जमा १६१ कम्पनीका ११ लाख ६९ हजार कित्ता सेयर ५१ करोड ६२ लाख रुपैयाँ बराबरमा कारोबार भएको एक्सचेन्जले जनाएको छ ।









प्रतिक्रिया दिनुहोस्