Logo ३० असार २०८३, मंगलबार | Tue Jul 14 2026


कृषि विकास मन्त्रालयको राहत कार्यक्रम


0
Shares

सोमबार राजधानीमा विश्व खाद्य दिवस समितिले गरेको कार्यक्रममा कृषि विकास राज्यमन्त्री सरिता प्रसाइँले १ अर्ब २५ करोड रुपैयाँको राहत कार्यक्रम सन्चालनमा ल्याइएको जानकारी दिएकी हुन् ।

बाढी–पहिरो प्रभावित ३० जिल्लामा पुगेको ५ अर्ब क्षतिले खाद्य उत्पादनमा ह्रास आउनसक्ने मन्त्रालयको प्रारम्भिक अनुमान छ ।

प्राकृतिक विपत्तिले कृषिमा हुने जोखिम व्यवस्थापनका लागि कृषि बिमामा प्रिमियमको ७५ प्रतिशत अनुदान उपलब्ध गराउने कार्यक्रम सन्चालन गरेको राज्यमन्त्री प्रसाइँले जानकारी दिइन् ।

कृषकलाई रासायनिक मल, प्रागांरिक मल, उन्नत बीउ, कृषिउपज ढुवानी साधन खरिदमा अनुदान, कृषिमा यान्त्रीकरणका लागि विशेष अनुदान, भन्डारण र बजार व्यवस्थापनमा अनुदानको व्यवस्था गरिएको प्रसाइँले बताइन् ।

३७औं विश्व खाद्य दिवसका अवसरमा ३३ विधामा ९८ जना कृषकलगायत विभिन्न संघ–संस्थाहरुलाई पुरस्कृत पनि गरिएको छ ।