भरतपुरमा सोमबार संयुक्त वाम गठबन्धनमा आबद्ध अगुवा महिलासँगको छलफलमा उनले महिलाको आन्दोलन र अधिकारका लागि पनि निर्वाचन महत्वपूर्ण रहेको बताउँदै आफ्नो अधिकार स्थापित गर्न पनि महिला जुट्नुपर्नेमा जोड दिए ।
‘वाम गठबन्धन चुनावका लागिमात्र नभइ पार्टी एकताका लागि भएको हो’ भन्दै उनले गठबन्धनका उम्मेदवारलाई जिताउन महिलाको भूमिका ठूलो हुने बताए ।
छलफलकाक्रममा महिलाले प्रत्यक्ष निर्वाचनमा महिलालाई कम सिट दिएको विषयमा प्रश्न राखेका थिए ।
महिलाको जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले समानुपातिक तथा मनोनयनमा भएपनि संविधानअनुसार अधिकार दिइने आश्वासन दिए ।
अध्यक्ष दाहालले महिलाको प्रतिनिधित्वकाबारेमा सबै व्यवस्थापन हुने आश्वासन दिएको संयुक्त वाम गठबन्धन निर्वाचन परिचालन कमिटीका सदस्य संगीता भट्टराईले जानकारी दिइन् ।
उनकाअनुसार यही कात्तिक २३ गते जिल्लमाा महिलाको बृहत् भेलाको आयोजना गरिएको छ ।
यही कात्तिक १६ गते उम्मेदवारी दिएपछि चुनावी प्रचार अभियानमा लागेका दाहाल सोमबार पहिलो चरणको चुनावी अभियान सकेर राजधानी फर्किएका छन् ।
सुविधायुक्त बाल अस्पताल निर्माण गरिने
नेकपा एमाले स्थायी कमिटी सदस्य सुरेन्द्रप्रसाद पाण्डेले पूर्वी चितवनमा सुविधासम्पन्न बाल अस्पताल निर्माण गरिने बताएका छन् ।
पूर्वी चितवनस्थित रत्ननगरको बकुलहरमा सोमबार निर्वाचनकेन्द्रित पार्टी सम्पर्क कार्यालयको उद्घाटन गर्दै चितवन क्षेत्र नम्बर–१ प्रतिनिधिसभा सदस्यका उम्मेदवार पाण्डेले भरतपुर मेडिकल सिटीकारुपमा विकास भइसकेकाले अब पूर्वी क्षेत्र र वरपरका जिल्लालाईसमेत सुविधा हुने गरी १०० श्ययाको बाल अस्पताल निर्माण अगाडि बढिसकेको बताए ।
पूर्वअर्थमन्त्री पाण्डेले बाल अस्पतालका लागि जग्गा हेर्ने काम सकिएकाले यसको प्रक्रियागत काम अगाडि बढिसकेको जानकारी दिए ।
मंसिर २१ गते हुन लागेको संघ र प्रदेशको निर्वाचनमा वामपन्थी गठबन्धनका उम्मेदवारलाई मत दिएर विजयी गराए दिगो विकासका योजना पर्याप्त मात्रामा ल्याउने प्रतिबद्धता उनले व्यक्त गरे ।
कार्यक्रममा प्रदेशसभा ‘क’का उम्मेदवार दावा दोर्जे लामाले प्रदेशसभाका जनताको मागअनुसार विकास निर्माणको काम गरिने बताए ।
प्रदेशसभा–१ ‘ख’का उम्मेदवार कृष्ण खनालले प्राथमिकताका आधारमा आफ्नो क्षेत्रमा विकास निर्माणका काम गरिने प्रतिबद्धता व्यक्त गरे । रासस





प्रतिक्रिया दिनुहोस्