
घरदैलो अभियानकै क्रममा काठमाडौं क्षेत्र नम्बर ४ का नेपाली कांगे्रसका उम्मेदवार गगन थापा, नरौत्तम बैद्य र साधुराम खड्काले बिहानैदेखि आफ्नो क्षेत्रअन्तर्गत मतदाताको घर–घर पुगेर मत मागिरहेका छन् । तीनैजना उम्मेदवार र नेता–कार्यकर्ता महानगरपालिकाको वडा नम्बर ७ बाट अभियानमा जुटेका हुन् ।
आफ्नो दैलोमा भोट माग्न आइपुगेका उम्मेदवारलाई वडावासीले फूलमाला र सगुन दिएर स्वागत गरेका थिए ।
स्थानीयले उम्मेदवारहरुलाई घरदैलो गर्दै मतदातासमक्ष पुग्न सुझाएका थिए भने उम्मेदवारले पनि अपूरा काम पूरा गर्न र नयाँ भूमिकाका बारेमा बताएका थिए ।
उम्मेदवारहरुले आफ्नो क्षेत्रमा प्रत्येक दिन घरदैलो अभियान कायमै राख्ने बताएका छन् ।
प्रतिक्रिया दिनुहोस्