Logo ३० आश्विन २०८३, शुक्रबार | Sat Oct 17 2026


यी हुन् एन्फा नेतृत्वविरुद्ध लगाइएको आरोप


0
Shares

काठमाडौं, पुस १६ । अखिल नेपाल फुटबल संघ (एन्फा)का अध्यक्ष कर्माछिरिङ शेर्पाविरुद्ध चार जिल्ला फुटबल संघले विभिन्न किसिमको आर्थिक अनियमितता, अपारदर्शीता र गलत क्रियाकलाप गरेको आरोप लगाएका छन् ।

गत वैशाख २२ गते भएको निर्वाचनमा विभिन्न अनियमितता गरेको आरोप लगाउँदै अडियो टेप सार्वजनिक गरेको पाँच दिनमै सोमबार राजधानीमा काठमाडौं, ललितपुर, भक्तपुर र धादिङ जिल्लाका अध्यक्षहरुले पत्रकार सम्मेलन गरी विभिन्न १४ आरोप लगाएका हुन् ।

उनीहरुले विदेशी नागरिक नवीन पाण्डेलाई फिफा कंग्रेसमा नेपालको प्रतिनिधि बनाएको, रुस विश्वकपको टिकट वितरण पारदर्शी नभएको, साधारणसभाबाट पारित भएको आर्थिक नियमावली कार्यान्वयन नभएको, बिनारेलिगेसनको ‘ए’ डिभिजन लिग गरेकोलगायतका आरोप लगाएका छन् ।

१४ बुँदे आरोपमा एसियाली फुटबल महासंघसित प्रतियोगिता आयोजना गर्न धेरै रकम मागिएको, फिफाबाट बिनाप्रक्रिया हचुवाको भरमा तीन करोड रुपैयाँ माग गरिएको, फिफाबाट बेलायतमा सन्चालित प्राविधिक सेमिनारमा दुईजना उपाध्यक्ष पठाइएको र रौतहटमा फिफाले बनाउन लागेको महिला टेक्निकल सेन्टरको कामलाई अपारदर्शी ढंगले अगाडि बढाइएको भनी समेटिएको छ ।

अनियमितता छानबिन गर्न पनि उनीहरुले माग गरेका छन् ।