Logo २१ चैत्र २०८२, शनिबार | Sat Apr 4 2026


‘ए’ डिभिजन लिगः एनआरटीले मच्छिन्द्रसँग बराबरी खेल्यो


0
Shares

काठमाडौं । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा आजबाट १२ औं चरणका खेलहरु सुरु भएका छन् ।

१२ औं चरणको पहिलो खेलमा न्यूरोड टिम एनआरटीले मच्छिन्द्र क्लबसंग ५–५ गोलको बराबरी खेलेको छ ।

एन्फा कम्प्लेक्सको मैदान सातदोवाटेमा भएको खेलको ३० मिनेटमै मच्छिन्द्रले ४-१ को अग्रता लिएर पनि जित निकाल्न सकेन ।

बराबरीसँगै एनआरटी अंक तालिकाको पुछारमै रहेको छ भने मच्छिन्द्र क्लब १२ औं स्थानमा छ । १२ खेलबाट एनआरटीले ६ अंक जोड्दा मच्छिन्द्रको ७ अंक भएको छ ।

ए डिभिजन लिगअन्तर्गत आजै हुने अन्य खेलहरुमा फ्रेन्ड्स क्लबले ब्रिगेड ब्वाइजसंग तथा जावलाखेल युथ क्लबले त्रिभुवन आर्मी क्लबसंग खेल्दैछन् ।

लिगमा एघारौं चरणको खेलबाटै मनाङ मस्र्याग्दी क्लब च्याम्पियन बनिसकेकोले अब दोस्रो स्थानका लागि घम्साघम्सी भईरहेको छ ।

१४ टिम सहभागी लिगमा ११ खेलबाट मनाङले ३३ अंक जोडेको छ ।

दोस्रो स्थानको लागि संकटा क्लब, थ्रीस्टार क्लब र आर्मीबिच भिडन्त छ । संकटाको २५, थ्रीस्टारको २३ तथा आर्मीको २१ अंक छ ।