७ असार २०८२, शनिबार | Sat Jun 21 2025


लोभलालच र भोजभतेरका आधारमा मतको दुरुपयोग नहोस् : यादव


0
Shares

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनको सिलसिलामा आइतबार धुलिखेलमा बहिरा नागरिकसँग अन्तर्क्रिया गर्दै उनले कसैको पनि डर, धम्की र दवावमा नभई भयरिहत वातावरणमा निष्पक्ष निर्वाचन हुनुपर्ने बताए ।

हल्ला पनि नहुने र देखेमात्रै पुग्ने भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणका लागि ठाउँ दिन कोशिश हुने उनले उल्लेख गरे ।

उनले अपांग भएकालाई पनि बन्द सूचीभित्र राख्ने दायित्व दलको भएकाले स्वतन्त्र र निष्पक्षरुपमा मताधिकारको प्रयोग गर्न बहिरा नागरिकलाई अनुरोध गरे ।

प्रमुख निर्वाचन आयुक्त डा यादवले भने, ‘यो राष्ट्रिय निर्वाचन लोकतन्त्र, गणतन्त्र र संघीयता कार्यान्वयन गर्नका लागि हो ।’

बहिरा नागरिकलाई सक्षम नागरिकका रुपमा मतदाताको भूमिका निर्वाह गर्न आग्रह गर्दै उनले भावी सन्ततिको सुख, शान्ति र समृद्धिका लागि निर्वाचन हुन लागेको बताए ।

५२ जिल्लाका ७० जनाको सहभागिता रहेको यस अन्तर्क्रियामा बहिरा महासंघका अध्यक्ष केपी अधिकारीले बहिरा नागरिक करदाता र मतदाता मात्रै भएको गुनासो गरे ।

उनले देशको नीतिभित्र बहिरा भएका नागरिकको सहभागिता खोजिएको उल्लेख गर्दै निर्वाचन महत्वपूर्ण विषय भएकाले बहिरा नागरिकलाई पनि पर्यवेक्षणको जिम्मेवारी दिन आग्रह गरे ।

समानुपातिक सूचीमा बहिरा नागरिक कोही पनि नपरेकामा उनले दुःख पनि व्यक्त गरे । अध्यक्ष अधिकारीले बहिरा नागरिकलाई भने, ‘मत बदर नहोस् भन्ने विषयमा ध्यान दिनुहोला ।’

निर्वाचन आयोगका सहसचिव दीपक सुवेदीले अपांग भएकालाई पनि मतदान प्रक्रियामा सहभागी गराउन र मतदान, मतगणना, मतको सदुपयोग गर्न सिकाउन यस्ताखाले कार्यक्रम प्रभावकारी हुने बताए । (रासस)