
६ नं. प्रदेशमा मूख्यमन्त्री कस्को पोल्टामा जाला भन्ने चर्चा पनि शुरु भएको छ । प्रमुख दलका केन्द्रीय नेतादेखि दोस्रो तहका नेतासमेत मूख्यमन्त्रीको आकांक्षी छन् ।
पहिलो चरणमा मंसिर १० मा हुने निर्वाचनमा ६ नं. प्रदेशका सात जिल्ला समावेश छन् । यस प्रदेशका १० जिल्लामध्ये पहिलो चरणमा डोल्पा, जुम्ला, हुम्ला, मुगु, कालिकोट, जाजरकोट र पश्चिम रुकुम छन् भने दोश्रो चरणमा सल्यान, जाजरकोट र सुर्खेतमा मंसिर २१ गते निर्वाचन हुँदैछ ।
६ नं. प्रदेशमा हुम्ला ‘ख’ बाट कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वपर्यटन मन्त्री जीवनबहादुर शाही मूख्यमन्त्रीका आकांक्षीका रुपमा छन् भने सुर्खेत क्षेत्र नं. २ ‘ख’ बाट उमेदवार रहेका वहालवाला सञ्चार राज्यमन्त्री तप्तबहादुर विष्ट पनि मूख्यमन्त्रीको चर्चामा छन् ।
वाम गठवन्धनतर्फ भने एमालेबाट सुर्खेत क्षेत्र २ (क) बाट उम्मेदवार रहेका यामलाल कँडेल र सल्यान (ख) बाट उम्मेदवार रहेका प्रकाश ज्वालामध्ये को भन्ने चर्चा चुलिएको छ । पार्टीमा समान पदीय हैसियतमा रहेका कँडेल र ज्वालाले प्रदेशसभामै उम्मेदवारी दिएपछि पार्टीभित्र र बाहिर मूख्यमन्त्रीको उम्मेदवार को भन्ने नयाँ बहस चलेको हो ।
विस्तृत रिपोर्टका लागि भिडियो हेर्नुहोस्
प्रतिक्रिया दिनुहोस्