Logo ७ असार २०८३, आइतबार | Sun Jun 21 2026


पाँचथरमा मतदाता शिक्षा कार्यक्रम सुरु


0
Shares

जिल्ला निर्वाचन कार्यालयले निर्वाचनका लागि गर्नुपर्ने अन्य काम सँगसँगै मतदातालाई मतदान गर्ने भन्ने विषयमा जानकारी गराउन स्वयंसेवकहरुलाई मतदाता शिक्षाको प्रशिक्षण सुरु गरेको हो ।

प्रशिक्षण प्राप्त स्वयंसेवकले मतदाताको संख्या वृद्धि गर्न सहयोग पुर्‍याउने, बदर मत संख्या कम गर्न सहयोग गर्ने, मतदान गर्दा चिन्हको सही प्रयोग गराउन सचेत गराउनेलगायतका जानकारी मतदातालाई दिने जिल्ला निर्वाचन कार्यालय पाँचथरले जनाएको छ ।

१ सय ६५ मतदान केन्द्र रहेको पाँचथरमा १ हजार ६४ जना मतदाता शिक्षा स्वयंसेवक परिचालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ । जिल्लामा १ लाख २५ हजार भन्दा बढी मतदाता छन् ।