Logo २३ कार्तिक २०८२, आइतबार | Mon Nov 10 2025


पाल्पामा नमुना मतदान


0
Shares

मंसिर २१ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै निर्वाचन कार्यालयले मतदाता शिक्षा सन्चालन गरेको हो ।

कार्यालयले ठाउँठाउँमा नमुना मतदानसमेत गरेको छ ।

स्वयंसेवकहरुलाई प्रशिक्षण दिएर मतदान गर्ने विधि सिकाउँदै गाउँगाउँमा परिचालन गरिएको कार्यालयले जनाएको छ ।

नमुना मतदानमा मतदाता प्रवेश गर्ने स्थान, मतदाता लाइन लाग्ने अवस्था, मतदाताको नामावली रुजु गर्ने तरिका, मतपत्रमा मतदान अधिकृतको हस्ताक्षर, मतपत्र लिएर गोप्य कोठामा गइ स्वस्तिक छाप लगाउने तरिका, मतपत्र पट्याउने विधि, मतपत्र खसाल्ने मतपेटिकालगायतका विषयबारे जानकारी दिइएको निर्वाचन कार्यालयले जनाएको छ ।