
चुनावप्रति उत्साहित भएपनि भोट कसरी हाल्ने भन्नेमै अन्योल रहेको उनीहरुले बताए ।
निर्वाचन आयोगले आममतदातालाई लक्षित गरी मतदाता शिक्षा कार्यक्रम अघि बढाएपनि सहरी भेगमा मजदुरी गरी खाने वर्ग यसबारेमा जानकार भेटिएनन् ।
भृकुटीमन्डपमा ८ वर्षदेखि चना–बदाम बेच्दै आएका ७४ वर्षीय मंगलबहादुर नेपाली विगतकै अनुभवमा मतदान गर्ने बताउँछन् । कसैले नसिकाएकाले आफ्नै ज्ञानका आधारमा मत हाल्ने नेपालीको भनाइ छ ।
भृकुटीमन्डपमै फलफूल बेच्दै आएका गोरखा, सिरानचोक गाउँपालिका घर भएका रमेश दाहाल आसन्न चुनावप्रति उत्साहित भएपनि भोट कसरी हाल्ने भन्नेमा अहिलेसम्म कुनै शिक्षा नमिलेको बताउँछन् ।
दार्चुला घर भइ काठमाडौंमा लोकसेवाको तयारी गर्दै गरेका ईश्वरीप्रसाद पन्त भने सन्चारमाध्यमका समाचार–सूचनाबाट मतपत्रबारे केही शिक्षा मिलेको बताउँछन् ।
रातो, हरियो र कालो रङको मतपत्रमा प्रणालीअनुसार मत हाल्ने उनको भनाइ छ ।
निर्वाचन आयोगले यही कात्तिक २५ गतेबाट मतदाता शिक्षा प्रभावकारीरुपमा अघि बढाएको दाबी गरेको छ ।
आयोगका प्रवक्ता नवराज ढकाल मत बदर कम गर्न नयाँ रणनीतिका साथ अघि बढेको बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्