Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


त्रिभुवन आर्मीसँग सरस्वती क्लव पराजित


0
Shares

काठमाडौं, पुस १३ । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा त्रिभुवन आर्मी क्लबले सरस्वती क्लबलाई ४–० ले हराएको छ ।

एन्फा मैदानमा आज भएको खेलमा आर्मीलाई विजयी गराउन कप्तान खरत खवासले दुई गोल गर्दा नवयुग श्रेष्ठले एक गोल थपे ।

सरस्वतीका ओलुसोला ईब्राहिमले एक आत्माघाती गोल गरेपछि आर्मी ४–० को फराकिलो अन्तरमा विजयी भएको हो ।

लिगअन्तर्गत आजको दोस्रो खेलमा नेपाल पुलिस क्लबले थ्री स्टार क्लबको सामना गर्नेछ । यो खेल जितेको खण्डमा थ्रीस्टार क्लब तालिकाको दोस्रो स्थानमा उक्लिनेछ ।

लिगमा लगातार ११ खेल जितको मनाङ मस्र्याग्दी क्लबले उपाधि सुरक्षित गरिसकेको छ ।