Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


वेष्ट ह्याम युनाईटेडद्वारा साउथ ह्याम्पटन पराजित


0
Shares

काठमाडौं, पुस १३ । इंग्लिस प्रिमियर लिग फुटबलमा वेष्ट ह्याम युनाईटेडले साउथ ह्याम्पटनलाई पराजित गरेको छ ।

गएराति साउथह्याम्पटनको मैदानमा भएको खेलमा वेष्ट ह्याम २–१ ले विजयी भयो । उसका लागि दुबै गोल फेलिपे एन्डर्सनले गरे । साउथह्याम्प्टनका नाथन रेडठमण्डले एक गोल फर्काए ।

जितसँगै वेष्ट ह्याम युनाईटेड १९ खेलबाट २७ अंक जोड्दै तालिकाको नवौं स्थानमा उक्लिएको छ । समान खेलबाट ५१ अंक जोडेको लिभरपुल शीर्ष स्थानमा छ । ४५ अंक जोडेको टोटनह्याम दोस्रो स्थानमा रहँदा ४४ अंकसहित म्यान्चेस्टर सिटी तेस्रो, ४० अंकसहित चेल्सी चौथो तथा ३८ अंकसहित आर्सनल पाँचौ स्थानमा छ ।