Logo ८ चैत्र २०८२, आइतबार | Sun Mar 22 2026


‘दलाई लामाको अभिव्यक्ति आपत्तिजनक, भ्रम र झुटको खेती नगरियोस्’


0
Shares

बिहीबार सभाले एक विज्ञप्ति जारी गर्दै भारतमा निर्वासन जीवन बिताइरहेका लामाजस्ता धार्मिक व्यक्तित्वले भगवान् ‘गौतमबुद्ध भारतमा जन्मिएका हुन्’ भनेर अभिव्यक्ति दिनु आपत्तिजनक रहेको जनाएको छ ।

सभाका महासचिव सागरमान बज्रार्चायद्वारा हस्ताक्षरित विज्ञप्तिमा ‘संयुक्त राष्ट्रसंघसमेतले बुद्ध नेपालमा जन्मिएका भनी यथार्थ मान्दै विश्व सम्पदा सूचीमा राखिसकेको अवस्थामा तथ्य थाहा नपाएजस्तो गरी लामाले बुद्ध भारतमा जन्मिएका हुन् भनेर अभिव्यक्ति दिनुले दुखित बनाएको’ जनाइएको छ ।

सभाका उपाध्यक्ष लक्ष्मीदास मानन्धरले ‘विश्वले मानेका धर्मगुरु दलाई लामाले त्यस्तो बोल्नु लायक नभएको’ बताउँदै ‘भगवान् गौतमबुद्ध नेपालको लुम्बिनीमा जन्मिएको तथ्य र प्रमाणलाई अब कसैले नकार्न नसक्ने’ बताए ।