
मौन अवधिमा निर्वाचन आयोगले ट्वीटर, फेसबुक तथा भाइबर जस्ता सामाजिक संजालमार्फत समेत मत माग्न तथा चुनावी प्रचारप्रसारमा रोक लगाएको छ । तर राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा उपप्रधानमन्त्री एवं उर्जामन्त्री कमल थापाले शुक्रबार बिहानै आफ्नो ट्वीटर तथा फेसबुक पेजमा आचारसंहिता विपरीत पार्टीका लागि मत मागेका छन् ।
यसअघि पनि आचारसंहिता उल्लंघनका विभिन्न घटना प्रकाशमा आए पनि निर्वाचन आयोगले कुनै उम्मेदवारलाई कडा कारवाही गर्न नसकेका कारण आचारसंहिता औपचारिकतामा मात्र सीमित हुँदै आएको छ ।
मौन अवधि सुरु भएपछि भोट माग्ने हिसावले कुनै पनि क्रियाकलाप गरेमा १ लाख रुपैयाँ जरिवानादेखि उम्मेदवारी खारेजसम्मको कारबाही हुन सक्ने व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्