५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


आचारसंहिता उल्लंघन गर्नेमा ठूला दल नै अग्रपंक्तिमा


0
Shares

सोक्रममा चाबहिलको लामपोखरी, पशुपति, मित्रपार्क क्षेत्र र बानेश्वरको संगमचोकमा निर्वाचन आचारसंहिताविपरीत सडकमा वारपार गरी टाँगिएका पार्टीका चिन्हअंकित तुल–ब्यानरजस्ता प्रचार सामग्री हटाउने कार्यक्रममा उनी आफैं संलग्न भए ।

अनुगमनकाक्रममा नेपाली कांग्रेस, नेकपा एमाले र नेकपा माओवादी केन्द्रको टाँगिएका चुनाव चिह्नअङ्कित तुल–ब्यानर र उम्मेदवारको फोटोअंकित फलेक्स हटाइएको थियो ।

जनताको मनोविज्ञानमा दिग्भ्रमित हुनेगरी तथा निर्वाचन आचारसंहिताविपरीत निर्वाचन प्रचार–प्रसार भइरहेको छ भन्ने आमजनताको सिकायतका आधारमा निर्वाचन आयुक्त शाहसहितको टोलीले शुक्रबार अनुगमन गरेको हो ।

टोलीले मीनभवनस्थित प्रयागमार्ग, वसन्तुपरनजिक झोछें, न्यूरोडको पाको र रञ्जनागल्लीमा अस्वाभाविकरुपले प्रदर्शन गरिएका निर्वाचन प्रचार सामग्री तत्काल हटाउन लगाउन स्थानीय प्रशासन र प्रहरीलाई निर्देशन दिएको छ ।

अनुगमनपछि सन्चारकर्मीसँग कुराकानी गर्दै निर्वाचन आयुक्त शाहले यस्ता भद्दाखाले प्रचार–प्रसारका सामग्रीको प्रदर्शनले मतदातालाई दिग्भ्रमित तुल्याउने भएकाले आयोगले तत्काल हटाउन निर्देशन दिएको जानकारी दिए ।

उनले भने–‘निर्वाचन आयोगको सरोकार भनेको मतदाता कुनैपनि किसिमले प्रभावित हुनुहुँदैन, सडक, सहर र चोकमा भएको भद्दा प्रदर्शनले नगरलाई कुरुप बनाउने काम भएको छ, यो सभ्य नागरिकका लागि उपयुक्त देखिन्न ।’

निर्वाचन आचारसंहिताभित्र रहेर प्रचार–प्रसार गर्ने सन्दर्भमा राजनीतिक दल, उम्मेदवार र कार्यकर्ता सचेत हुनुपर्ने आवश्यकतामाथि जोड दिँदै आयुक्त शाहले ‘आचारसंहिताको पालना प्रचार–प्रसारमामात्र नभइ आमसभा र र्‍यालीमा पनि देखिनुपर्दछ’–भने ।

निर्वाचन आचारसंहिता पालनामा अवज्ञा गरेको खन्डमा आयोगले आगामी दिनमा कठोर निर्णय लिन पछि नपर्ने पनि उनले बताए ।

निर्वाचन आचारसंहिताले आचारसंहिताविपरीतका झन्डा, तुल, ब्यानर सकडको एकछेउबाट अर्काे छेउसम्म टाँग्न निषेध गरेको छ ।

अनुगमनकाक्रममा प्रमुख दलका उम्मेदवारबाट आचारसंहितको ठाडो उल्लंघन भएको पाइएको थियो ।

काठमाडौं उपत्यकामा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन दोस्रोचरणअन्तर्गत् मंसिर २१ गते मतदान हुँदैछ ।

आयोगले आगामी दिनमा आचारसंहितको पालनाको विषयलाई निरन्तर निगरानी गर्ने जनाएको छ ।

टोलीमा निर्वाचन आयोगका सहन्यायाधिवक्ता गीता तिमिल्सिना, काठमाडौंका प्रमुख जिल्ला अधिकारी केदार शर्मा र काठमाडौंका प्रहरी प्रमुख रवीन्द्र धानुक सहभागी थिए । रासस