५ असार २०८२, बिहिबार | Fri Jun 20 2025


हुम्लामा नमुना मतदान सम्पन्न, ३ प्रतिशत मत बदर


0
Shares

आइतबार हुने निर्वाचनमा मतदाताको मत बदर हुन नदिन सिमिकोट र खार्पुनाथमा नमुना मतदान गरिएको जिल्ला निर्वाचन अधिकारी प्रदीपसिंह धामीले जानकारी दिए ।

शुक्रबार गरिएको नमुना मतदानमा कालाशिल्ता आधारभूत विद्यालयमा मतदाता परिचयपत्र लिन आउनेहरु नमुना मतदानमा सहभागी भएका थिए । उनीहरुलाई मत हाल्ने तरिकासमेत सिकाइएको थियो ।

नमुना मतदानमा तीन प्रतिशत मत बदर भएको जिल्ला निर्वाचन कार्यालय हुम्लाले जनाएको छ ।

भौगोलिक विकटताका कारण र समयावधि कम हुँदा मतदाता शिक्षाका लागि प्रयाप्त समय नभएको जिल्ला निर्वाचन अधिकारी धामीले बताए ।