काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिगमा फ्रेन्ड्स क्लबले न्यूरोड टिम (एनआरटी)सँग बराबरी खेलेको छ ।
हल्चोकस्थित एपीएफको खेलमैदानमा बुधबार भएको तेस्रो खेलमा दुवै टोलीले एक/एक गोलको बराबरी खेल्दै अंक बाँडेका हुन् ।
खेलको ४३औं मिनेटमा एनआरटीले सुशील लामाको गोलबाट अग्रता लिएको थियो । उनले प्रहार गरेको बल फ्रेन्ड्सका डिफेन्डरसँग ठोक्किएर गोलमा परिणत भएको थियो ।
पहिलो हाफमा १–० गोलले अग्रता कायम गरेको एनआरटीले दोस्रो हाफमा अग्रता जोगाउन नसक्दा अंक बाँड्न बाध्य भयो ।
खेलको ७८औं मिनेटमा फ्रेन्ड्सले असिम भुुसालको गोलमार्फत् खेल बराबरीमा ल्याएको थियो ।
त्यसपछि खेलमा दुवै टोलीले गोल गर्न सकेनन् र दुवै टोलीले अंक बाँड्न बाध्य भए ।
दुवै टोलीले अवसर सिर्जना गरे पनि गोलमा परिणत गर्न सकेनन् ।
बराबरीपछि एनआरटी ५ अंकसहित तालिकाको अन्तिममा यथावत् छ । लिगको ११औं स्थानको फ्रेन्ड्सले ९ अंक जोडेको छ ।
एघारौं चरणसम्म आइपुग्दा जारी लिगमा एनआरटीले हालसम्म एउटामात्र खेल जित्न सकेको छ । रासस








प्रतिक्रिया दिनुहोस्