Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


जावलाखेलको तेस्रो जित


0
Shares

काठमाडौं, पुस ११ । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलअन्तर्गत् बुधबार भएको खेलमा जावलाखेल युथ क्लबले जित हात पारेको छ ।

एन्फा कम्प्लेक्स सातदोबाटोमा भएको दोस्रो खेलमा मच्छिन्द्र क्लबलाई २–१ गोलअन्तरले पराजित गर्दै जावलाखेलले जारी लिगमा तेस्रो जित निकालेको हो ।

जावलाखेललाई जित दिलाउन अरुज सिंह र फोडे फोनानाले एक/एक गोल गरे । मच्छिन्द्रका अल्बा आडेमोलाले एक गोल फर्काए ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५औं मिनेटमा अरुजले पेनाल्टीमा गोल गर्दै जावलाखेललाई सुरुआती अग्रता दिलाए ।

मच्छिन्द्रका अञ्जन देवकोटाले ‘ह्यान्ड’ गरेपछि पाएको पेनाल्टीमा अरुजले गोल गरेका थिए ।

यस्तै, खेलको ६५औं मिनेटमा फोनानाले सुमन डंगोलको पासमा गोल गर्दै जावलाखेललाई २–० को अग्रता दिलाए ।

खेलको ९०औं मिनेटमा मच्छिन्द्रका आडेमोलाले गोल गर्दै खेल २–१ मा ल्याए । त्यसपछि दुवै टोलीले थप गोल गर्न सकेनन् ।

खेलमा जावलाखेलका अरुज ‘म्यान अफ दी’ म्याच घोषित हुँदै रु १० हजार प्राप्त गरे ।

जितसँगै जावलाखेलले ११ खेलबाट तीनमा जित, दुईमा बाराबरी तथा ६ ओटामा पराजित हुँदै ११ अंक जोड्दै तालिकाको नवौं स्थानमा छ । पराजित मच्छिन्द्र ६ अंकका साथ लिगकोे १२औं स्थानमा छ । रासस