Logo २१ कार्तिक २०८२, शुक्रबार | Fri Nov 7 2025


डोटीमा मतदाता शिक्षा कार्यक्रमलाई तिव्रता


0
Shares

जिल्ला निर्वाचन कार्यालयले आगामी निर्वाचनमा मत हाल्ने तरिका सिकाउन मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा सञ्चालन गर्न थालेको हो ।

दिपालय सिलगढी तथा शिखर नगरपालिकासहित ९ वटै स्थानीय तहमा मतदाता शिक्षा सञ्चालन गरिएको निर्वाचन कार्यालयले जनाएको छ ।

निर्वाचनका लागि डोटीमा १ सय १५ मतदान स्थल र १ सय ५५ मतदान केन्द्र तय गरिएको छ ।

प्रतिनिधि सभातर्फ एक र प्रदेशसभा तर्फ दुई वटा निर्वाचन क्षेत्र निर्धारण गरिएको डोटीमा १ लाख ८ सय ८७ मतदाता छन् ।