
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनका लागि आवश्यक सबैजसो सामग्री जिल्लामा आइसकेको छ ।
७४ ओटा मतदानस्थल रहेको जिल्लामा मतपत्र, मतपेटिका, मतदाता परिचयपत्रलगायत सबैजसो आवश्यक सामग्रीहरु प्याकिङ गरेर खटिने कर्मचारीलाई जिम्मा लगाउन तयारी अवस्थामा राखिएको मुख्य निर्वाचन अधिकृत ध्रुव सापकोटाले जानकारी दिए ।
यसैगरी, मतदान अधिकृत र सहायक गरी २०४ जनालाई तालिम र मतदाता शिक्षा कार्यक्रमसमेत प्रभावकारीरुपमा सन्चालन गरिएको छ ।
पर्वतमा प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका पदम गिरी र नेपाली कांग्रेसका अर्जुनप्रसाद जोशीबीच तीव्र प्रतिस्पर्धा रहेको छ ।
प्रतिक्रिया दिनुहोस्