Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


नेपाल र युएईबीच एकदिवसीय क्रिकेट हुने


0
Shares

काठमाडौं, पुस १० । नेपालले दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिता युएईसँग खेल्ने भएको छ ।

नेपालले युएईसँग तीन एकदिवसीय र तीन टी–२० प्रतियोगिता खेल्ने तय भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसीसी)का नेपाल प्रतिनिधि तथा क्यानका पूर्वप्रमुख कार्यकारी भावना घिमिरेले सिरिज आगामी माघ ९ देखि २१ गतेसम्म हुनेगरी तयारी भइरहेको बताइन् ।

‘आइसीसीले खेलतालिका सार्वजनिक गर्न बाँकी छ । तर, आगामी माघ ९ देखि २१ गतेसम्म प्रतियोगिता गर्ने निश्चित भयसक्यो’–उनले भनिन् ।

नेपाल र युएईबीचको सिरिजकै कारण धनगढीमा आयोजना हुने तेस्रो संस्कारण धनगढी प्रिमियर लिग प्रतियोगितासमेत एक साता पर सारिएको छ ।

युएईविरुद्धको सिरिज नेपालका लागि दोस्रो एकदिवसीय अन्तर्राष्ट्रिय सिरिज हुनेछ ।

आइसीसीबाट एकदिवसीय मान्यता पाएपछि नेपालले नेदरल्यान्ड्ससँग गत साउनमा पहिलो एकदिवसीय सिरिज खेलेको थियो । जुन सिरिज बराबरी भएको थियो ।

दुवै देश आइसीसीबाट अन्तर्राष्ट्रिय एकदिवसीय पाउने कान्छा मुलुक हुन् । दुवै मुलुकले गत वर्ष जिम्बाब्वेमा भएको विश्वकप छनोटबाट एकदिवसीय मान्यता पाएका थिए । रासस