काठमाडौं, पुस १० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा बुधबारबाट एघारौं चरणका खेलहरु सुरु हुँदैछन् ।
बुधबार तीन खेल हुनेछन् ।
सातदोबाटोमा हुने पहिलो खेलमा बिहान ११ बजे ब्रिगेड ब्वाइज क्लब र हिमालयन शेर्पा क्लब भिड्नेछन् ।
सोही मैदानमा दिउँसो साढे २ बजे जावलाखेल युथ क्लब र मच्छिन्द्र क्लब आमने–सामने हुनेछन् ।
यस्तै, मंगलबारै हलचोक मैदानमा न्यूरोड टिम (एनआरटी)ले फ्रेन्ड्स क्लबसित प्रतिस्पर्धा गर्नेछ ।
मनाङ र संकटाको भिडन्त
बिहीबार शीर्ष स्थानको मनाङ–मर्स्याङ्दी क्लबले दोस्रो स्थानको संकटा क्लबसित प्रतिस्पर्धा गर्नेछ । यो खेल जितेको खन्डमा मनाङले दुई खेलअघि नै उपाधि पक्का गर्नेछ । संकटालाई भने उपाधि दावेदारी जीवितै राख्न मनाङलाई हराउनैपर्ने बाध्यता छ ।
लिगमा लगातार १० खेल जितेको मनाङ ३० अंकसहित शीर्ष स्थानमा रहँदा दोस्रो स्थानको संकटाको २५ अंक छ । तेस्रो स्थानको थ्रीस्टार क्लबको २३ अंक छ ।








प्रतिक्रिया दिनुहोस्