
निर्वाचनका लागि जिल्लाभर दुई हजार १२८ जना कर्मचारी खटाइएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले बताए ।
उनकाअनुसार एउटा मतदान केन्द्रमा ८ जनाका दरले मतदान अधिकृत, सहायक मतदान अधिकृतलगायतलाई खटाइएको छ ।
खटिएका कर्मचारीले मतदाताको नाम रुजु गर्ने, बूढीऔंलामा मसी लगाउने कार्य गर्ने बताइएको छ ।
जिल्लामा १४४ मतदानस्थल र २६६ ओटा मतदान केन्द्र निर्धारण गरिएको छ ।
इलाममा दुई लाख चार हजार ४६ मतदाता रहेका छन् । तीमध्ये ९९ हजार ३५० महिला, एक लाख चार हजार ६९४ पुरुष र दुईजना तेस्रोलिंगी रहेका छन् । यो संख्या स्थानीय तह निर्वाचनकोभन्दा १४ हजार ७७२ ले बढी हो ।
प्रतिक्रिया दिनुहोस्