३ असार २०८२, मंगलबार | Tue Jun 17 2025


कारबाही गर्न आयोगलाई बाध्य नगराउन आयुक्तको चेतावनी


0
Shares

बिहीबार भैरहवामा आयोजित राजनीतिक दल तथा पत्रकारहरुसँगको छलफलमा उनले निर्वाचनका बेला आचारसंहिता पालना नगर्ने उम्मेदवारले चुनाव जितेपछि देश र जनताको विकास गर्न नसक्ने उल्लेख गरे ।

राजनीतिक दल तथा उम्मेदवारहरुलाई निर्वाचन आचारसंहिता उल्लंघन नगर्न उनले आग्रहसमेत गरे ।

आयुक्त पौडेलले आचारसंहिता पालना नगरेकै कारण कारबाही गर्न आयोगलाई बाध्य नगराउन दलहरुलाई चेतावनी पनि दिए ।

उनले शान्तिपूर्णरुपमा दोस्रो चरणको निर्वाचनमा सक्रिय सहभागिता जनाउन सबैलाई आग्रह गर्दै निर्वाचनपछि संविधान कार्यान्वयनमा ठूलो टेवा पुग्ने विश्वास व्यक्त गरे ।