२ असार २०८२, सोमबार | Tue Jun 17 2025


उम्मेदवार पुग्न नसकेका गाउँका मतदाता के भन्छन् ? (भिडियो)


0
Shares

सुगम भनेर चिनिने कैलालीको चुरे गाउँपालिका अन्तर्गत पर्ने दुर्गम गाउँ सिम्ती र बुढीगाउँमा अहिलेसम्म उम्मेदवार नपुगेका हुन् ।

ती गाउँमा अहिलेसम्म चुनाव प्रचारप्रसारका बेला पुग्ने पार्टीका केही कार्यकर्ता बाहेक कुनै पार्टीका उम्मेदवार नपुगेको मतदाताले बताएका छन् । चुनाव आउँदा केही कार्यकर्ता पुग्ने गरे पनि पार्टीका जिल्लास्तरीय शीर्षस्थ नेताहरुको नाकमुख पनि देख्न नपाएको त्यस क्षेत्रका मतदाताको गुनासो छ ।

अघिल्ला चुनावका बेला भोट माग्न पुगेका राजनीतिक दलका कार्यकर्ताहरुले खानेपानी, सडक लगायतका पुर्वाधारहरु पु¥याउने बाचा गरे पनि चुनाव जितिसकेपछि कोही पनि फर्केर नआएको गुनासो स्थानीय बिरबहादुर धामीको छ ।

चुरे गाउँपालिका वडा नम्बर ६ का स्थानीय मान बहादुर बोहराले चुनावका बेला हात जोडेर नमस्कार गर्दै पुग्ने राजनीतिक दलका कार्यकर्ताहरु चुनाव सकेपछि भने कहिल्यै फर्केर गाउँ नपुगेको बताए । उनले चुनावको एक दिन पहिले उम्मेदवारले सवारी पठाउने गरेको भए पनि भोट माग्न गाउँमा नआउने गरेको बताए ।

स्थानीय जयबहादुर परियार नेताहरुले आश्वासन थुप्रै बाँड्ने गरेको भए पनि अहिलेसम्म केही पनि पुरा नगरेको भन्दै गुनासो गर्छन् ।

आवश्यक पूर्वाधार समेत नपुगेको उक्त गाउँमा न त बाटो नै छ, न त बिजुली, पानी नै । एउटा भएको विद्यालय पनि सामुदायिक वनको सहारामा चलिरहेको छ । करिब २ सय घरधुरी रहेको उक्त गाउँमा ६ सय हाराहारी मतदाता छन् ।

भिडियो रिपोर्ट हेर्नुस्