२ असार २०८२, सोमबार | Tue Jun 17 2025


अझै मतदाता शिक्षा प्रभावकारी भएन


0
Shares

मतदाता शिक्षालाई प्रभावकारी बनाउन विभिन्न सार्वजनिकस्थल, विद्यालय र चोकचोकमा सहजकर्ताले मतदाता शिक्षा सामग्री, पोस्टर र पम्पलेट टाँसेपनि सबै मतदाताको घरघरमा मतदाता शिक्षा पुग्न नसकेको हो ।

स्थानीय तहको निर्वाचनमा भाग लिएका कतिपय मतदातालाई अहिले कुन निर्वाचन हुँदैछ भन्ने नै थाहा छैन ।

कपिलवस्तुमा स्थानीय तह निर्वाचनमा प्रमुख पदमा २७ प्रतिशतसम्म मत बदर भएको थियो ।

जिल्ला निर्वाचन कार्यालयले मतदाता शिक्षा प्रभावकारी बनाउन ४१० जना सहजकर्ता स्वयंसेवकलाई खटाएको छ ।

प्रतिनिधिसभाका ३ र प्रदेशसभाका ६ निर्वाचन क्षेत्र रहेको कपिलवस्तुमा ३ लाख ११ हजार ७६० मतदाता छन् ।