Logo १९ चैत्र २०८२, बिहिबार | Fri Apr 3 2026


धनगढीमामा हुन लागिरहेको डीपीएल क्रिकेट प्रतियोगिता सर्ने


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीको व्यस्तताले तेस्रो धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेटको मिति प्रभावित हुने भएको छ ।

सुदूरपश्चिम प्रदेशको धनगढीमा आगामी माघ १९ गतेदेखि हुने तय भएको प्रतियोगिता कम्तिमा एक साता पर धकेलिने देखिएको हो ।

नेपाली राष्ट्रिय क्रिकेट टिम अन्तर्राष्ट्रिय एक दिवसीय शृङ्खलाका लागि युएई जाने भएपछि डीपीएलको मिति प्रभावित हुने भएको हो ।

युएई विरुद्धको शृङ्खला खेल्न नेपाली टिम जनवरी अन्तिम साता युएई जानेछ ।

त्यही बीचमा डीपीएल पनि पर्ने भएकाले आयोजकले प्रतियोगिताको मिति एक साता पछि सार्ने तयारी गरेको हो ।

डीपीएलको यो संस्करणमा पनि ६ टिम सहभागी हुँदैछन् । प्रतियोगिताको लागि हुने खेलाडी अक्सनका लागि अहिले खेलाडी दर्ता जारी छ ।