
निर्वाचन कार्यालयबाट खटिएको अनुगमन टोलीले प्रचार सामग्री हटाएको हो । अनुगमन टोली प्रमुख पदमबहादुर कार्कीको नेतृत्वको टोलीले आचारसंहिता विपरीत सडकको दुबैतर्फको डिभाइडरमा राखिएका झण्डा, तुल, व्यानर हटाएको हो ।
प्रचार सामग्री हटाउन दिएको निर्देशन पालना नभएपछि आचारसंहिता विपरीतका झण्डा, तुल, ब्यानर हटाउन शुरु गरेको टोली प्रमुख कार्कीले बताए ।
अनुगमनका लागि निर्वाचन अनुगमन टोली प्रमुखका रुपमा स्थानीय विकास अधिकारी खेमराज ओझालाई तोकिएको छ । निर्वाचन कार्यालयले राजनीतिक दललाई आचारसंहिता विपरीतका प्रचार सामग्री हटाउन पटक–पटक निर्देशन दिँदै आएको थियो ।
प्रतिक्रिया दिनुहोस्